सुन जस्तो दुई किलोको धातुसहित एक पक्राउ

रूपन्देही | असार १०, २०८०

सुन जस्तो दुई किलोको धातुसहित एक पक्राउ

रूपन्देहीमा सुन जस्तो देखिने दुई किलोको धातुसहित एक जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ।

 

सशस्त्र प्रहरी बल नेपाल बिओपी बयरघाट रूपन्देहीले एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

 

लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालिदहबाट कार र चालक दाङ घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई पक्राउ गरेको हो। उनलाई सशस्त्र प्रहरीले गत शनिबार राति साढे ९ बजे पक्राउ गरेको हो। 

 

नेपालबाट भारत जाँदै गरेको बा १२ च ३८२० नम्बरको कारलाई प्रहरीले चेक गरेको थियो।

 

चेक गर्दा गियर बक्सभित्र दुई किलो बराबरको सुन जस्तो देखिने धातु बरामद भएको प्रहरीले जनाएको छ। परीक्षणबाट उक्त धातु सुन नै पुष्टि भए दुई करोड ३ लाख २७ हजार बराबरको हुने प्रहरीले जनाएको छ। 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्