सुन जस्तो दुई किलोको धातुसहित एक पक्राउ
रूपन्देही | असार १०, २०८०
रूपन्देहीमा सुन जस्तो देखिने दुई किलोको धातुसहित एक जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी बयरघाट रूपन्देहीले एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालिदहबाट कार र चालक दाङ घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई पक्राउ गरेको हो। उनलाई सशस्त्र प्रहरीले गत शनिबार राति साढे ९ बजे पक्राउ गरेको हो।
नेपालबाट भारत जाँदै गरेको बा १२ च ३८२० नम्बरको कारलाई प्रहरीले चेक गरेको थियो।
चेक गर्दा गियर बक्सभित्र दुई किलो बराबरको सुन जस्तो देखिने धातु बरामद भएको प्रहरीले जनाएको छ। परीक्षणबाट उक्त धातु सुन नै पुष्टि भए दुई करोड ३ लाख २७ हजार बराबरको हुने प्रहरीले जनाएको छ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

